काभ्रेपाञ्चोक, मोफसल सहर झापा स्थायी घर भएर पनी अमेरिकालाई कर्मभुमी बनाउदैं नेपाली सुगम संगीतमा सक्रिय रहेका गायक हुन संगम राई । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा पुयाएको योग्दान निकै प्रशंसा लायक रहेको छ उनको । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन। आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेको बताउदै उनले भने ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले कलाकारितालाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको ’ उनी भन्छन ।

सुस्तरी सुस्तरी, माया गाढा छ ,पाती चढाउला, माया गाढा छ , खुशी साटौ जुनीकाटौ लगायतका गीतहरुमा उनको आवाज रहेको छ । तिमी बाहेक मेरो माया , सितल सितल , ए माया , हिजो आज , दर्जनौ नेपाली सुगम संगीतका गीतहरुमा उनले रचना तथा संगीत गरेका छन । आफनो बाल्यकालको सपना पुरा गर्नकोसाथै नेपाली मौलिक गीत संगीतलाई आफुले केही योगदान पु¥यानको लागी संगीत क्षेत्रमा होमिएको बताउँछन । उनै सगँ नव क्षितिज साप्ताहिकका लागी अरविन्द्र गौतमले गरेको कुराकानी 

 

तपाईको कलाकारिता यात्रा कस्तो भैरहेको छ ?
प्रवासमा रहेर पनी नेपाली सुगम संगीत र कलाकारिता यात्रामा सक्रिय रुपमा लागी परेको छु । मौलिक कला र सस्कृतिलाई झल्काउने किसिमका नयाँ काम गर्दै अगाडि बढी रहेको छु । कलाकारिता क्षेत्रको माध्यमबाट केही नविनतम साथै भावी पिडिलाई सन्देश दिदै आफनो कर्मको पथलाई अगाडी बढाएको छु ।

त्यस्ता तीन वटा काम जुन गर्दा आफुलाई खुशीको महसुस हुन्छ ?
गीत संगीतको रचना , संगीतमा रहन साथै नयाँ नयाँ प्राकृतिक स्थलहरुको भ्रमण गर्दा असाध्य खुशी हुन्छु । नयाँ नयाँ विषयबस्तुमा रहेका खोजमुलक सामाग्रीहरुको विषयमा अध्ययन गर्न पाउदा निकी खुशी हुन्छु ।

तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
नेपाली सुगम संगीतलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागी प्रविधि मैत्री वातावरणको सिर्जना गर्नुपर्दछ । नव सर्जक तथा गीत संगीतमा भविष्य देखेका युवा युवातीहरुलाई हौसला प्रदान गर्दै मौलिक र परिकृष्त ढंगबाट नेपाली सिर्जनालाई अगाडि बढाएको खण्डमा कला क्षेत्रमा अझ ब्यापक रुपमा अगाडि बढाउन सकिन्थियो जस्तो लाग्छ । नेपाली कलाकारिता एकदम बृहत , स्वतन्त्र , र अन्तराष्ट्रिय रुपमा पहिचान बनाउदै अगाडि बढेको देख्छु ।

नव कलाकार एवम अग्रज हरुमा चै कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
आम सर्जक तथा सिर्जनशिल मनहरुमा सकारात्मक सोच र कलाकारिता प्रतिको मोहलाई जिवन्तता दिने किसिमको सोच एवम। मैलिक सिर्जनालाई आत्मसाथ गर्दै सुगम तथा अन्य धारका गीत हरुमा नेपाली मौलिक पनको आभाष दिने किसिमको कलाकारहरुले आफनो सिर्जना प्रस्तुत गर्नुपर्छ जस्तो लाग्छ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ । अन्तराष्ट्रिय बजारमा पुयाउदा पनी सफल ढंगबाट आफनो पहिचान दिन सक्ने किसिमको गीत हुनुपर्छ । आफनै मौलिक सिर्जना र देशको मौलिकता झल्कने किसिमको सिर्जनाहरु गर्न सक्दा अन्तराष्ट्रिय बजारमा हाम्रो देशको मौलिकता र पहिचान पुयाउन सकिन्थियो ।

तपाई कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
नेपाली गीत संगीत प्रतिको झुकाव मेरो बाल्यकाल देखी नै विध्यालय गीत रचना गर्ने , संगीत भर्ने र गुन्गुनाउने गर्थे । विध्यालयमा आयोजना गर्ने सास्कृतिक कार्यक्रमहरुमा सहभागी हुने र पुरस्कृति समेत हुने गर्थे । पछिल्लो समय अमेरिका बसाई सगैँ शुरु शुरुमा मेरो रचना र संगीतलाई आम दर्शक तथा स्रोताले धेरै मन पराइदिनुभएको हुदाँ अझ धेरै नेपाली संगीत प्रतिको मोहले सक्रिय रुपमा प्रवेश गर्न थाले
आफनो जिवनको केही सपना पुरा गरौ भन्ने सोचका साथ कलाकारितामा लागे । परदेशमा रहदा पनी मलाई नेपालको कलाकारितालाई आफुले सकेको केही गर्नु पर्छ जस्तो लाग्यो । तिम्रो रुपै देखेर गीतबाट मैले कलाकारिताको क्षेत्रमा केही गरौ भन्ने चाहानाको साथ अगाडि आएको हुँ ।जसमा मेरो शब्द तथा संगीत र राजेश पायल राईको आवाज रहेको थियो ।

तपाईले रचना तथा स्वरबद्धमा गरेका सर्वाधिक दर्शकको मनमा बस्न सफल गीतहरुकुन कुन हुन ?
मैले रचना तथा संगीत गरेका गीतहरु , तिम्रो रुपै , दुई मुटु , हिजो आज आदि  गीतहरुमा आफनो रचना कला पस्किसकेको छु ।मेरो शब्द तथा संगीत र स्वर दिएका गीतहरु सुस्तरी सुस्तरी , पाती चढाउला , खुशी साटौ जुनी काटौ , र भखरै बजारमा आएको माया गाढा छ आदी हुन । मेरो आवाज तथा शब्दलाई आम भगवान रुपी दर्शक तथा स्रोताले अधिक मन पराई दिनुभयो जस्को कारणबाट अवार्ड पनी जित्न सफल भए ।

तपाई ले प्राप्त गरेका अवार्डहरु कुन –कुन हुन ?
मोडल सङस अवार्ड २०२० मा सुस्तरी सुस्तरी गीतबाट सर्वोकृष्ट आधुनिक संगीतकार को अवार्ड पाएको थिए । साथै हाम्रो मिलन गीतबाट निम अवार्ड प्राप्त गरेको थिए । हिमालयन इन्टरनेशल म्युजिक अवार्ड दुई मुटु सर्वोकृष्ट नेपाली सुगम संगीतकार जुन गीत संगीतमा पुयाएको योग्दानको कारणबाट मेलै आम भगवान रुपी दर्शक तथा स्रोताको माया र स्नेह स्वरुप अवार्ड हासिँल गर्न पाए । जसको कारणबाट नेपाली संगीत र कलाकारिताको लागी केही थप हौसला एवम् प्रेरणा मिलेको छ । पछिल्लो समयमा मैले स्टार इन्टरटेमेन्ट अवार्ड पनी हासिँल गर्न सफल भए ।

 

आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ ?

आगामी समयमा नेपाली गीत संगीतमा फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा रहेको छु । जसको लागी मैले बर्तमान समयमा विभिन्न तयारीहरु गरिरहेको छु । मौलिक नेपाली गीत संगीतको जर्गेना , प्रर्वद्धन र अन्तराष्ट्रियकरणका लागी नयाँ नयाँ गीत संगीत सिर्जनाहरु गदैँ जाने सोच रहेको छ ।

जिवनको कुनै अविश्स्मणिय क्षण केही छन की ?
मेरो सिर्जना पछिको सफलता नै मेरो जिवनको अविश्स्मणिय रहेको छन ।

संगीत क्षेत्रमा लाग्नको तपाईको परिवारको साथ र सहयोग रहेको छ ?
गीत संगीत भन्नुनै सबैको रुची र आनन्दको क्षेत्र हुदाँ मेरो कलाकारिता कदमबाट अझ मेरो परिवारबाट माया , स्नेह , उत्साह,सहयोग र परिवारको आशिवार्द मिलेको छ । म परिवार प्रति निकै कृतज्ञ रहेको छु ।

नयाँ पुस्तालाई के भन्नुहुन्छ त ?
आफनै मौलिक सिर्जनामा जोड दिनका साथै संगीतको ज्ञान अनिवार्य देख्छु । आजको लागि मात्रमात्र होइन, दीर्घकालीन सोचेर काम गर्नुपर्छ । अरूको मात्र कपी नगरौं । गीत मन पराउन भाषा बुझ्नु पर्दैन, प्रस्तुतीकरण र कला–संस्कृति पस्कन सक्नुपर्छ । समाजमा गीत–संगीतले विकृति फैलाउने होइन, सन्देश दिनुपर्छ । उत्प्रेरणा दिनुपर्छ । जसको लागि आफ्नो धारलाई नछोडौँ, अध्ययन गरौँ । सम्मान लिने मात्र हैन, दिन पनि सक्नुपर्छ । सम्मान दिएपछि मात्र सम्मान पाइन्छ । मौलिक पनलाई प्रस्तुत गर्न सकिने हुनुपर्छ ।

तपाईंको स्वभाव चाहिँ कस्तो छ ?
म एक सरल , मिजासिलो अनि आफनो नेपाली संगीत प्रति आफुले सक्ने योग्दान दिनुपर्छ भन्ने ठान्छु । म व्यावसायिकता मात्रै सोच्दिनँ । गीत निमार्ण गर्नुभन्दा अगाडि राम्रो तयारी गर्छु । सिक्नका लागि विदेशी गीत संगीत हेर्छु , सहकर्मीहरुको क्रियसनलाई नजिक बाट हेर्छु । सामाजिक रूपमा अप्ठ्यारो र अन्याय परेका मानिसलाई सहयोग गर्ने स्वभाव छ ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहानु हुन्छ ?
नेपाली कलाकारितमा गरिरहेको छु । हजुरहरुकै मायाले म टिकेको छु नेपाली मौलिक सिर्जनाहरुलाई सदैव माया गरिदिनुहोला साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला । मेरो रचना तथा स्वरमा रहेका गीत संगीतहरुलाई माया गरिदिनु होला यही भन्न चाहान्छु । साथै हजुरहरु जहाँ जस्तो स्थानमा भएपनी मौलिक पनमा आधारित गीत संगीतलाई साथ दिनुहोला भन्न चाहानन्छु ।

 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..