काभ्रेपलान्चोक – आज बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाकाे कार्यालय,बनेपामा उद्याेग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको समन्वयमा १५ दिने थाकलबाट बुन्ने ब्याग र उनबाट बुन्ने ब्याग, किरिङ्ग र जुत्ताको २ वटा तालिमकोएकै दिनमा प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्याेग महासंघ केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष राेशनी उपाध्यायले उद्घाटन गर्नु भएको समाराेहकाे सभापतित्व उद्याेग तथा बाणिज्य कार्यालय काभ्रेका प्रमुख सीताराम घिमिरेले गर्नु भएको थियाे ।

नेपाल घरेलुु तथा साना उद्योग महासंघ काभ्रेका महासचिव सन्ताेष दाहालले संचालन गर्नु भएको समाराेहमा महिला उद्यामी समितिका अध्यक्ष रेणुका श्रेष्ठले स्वागत मन्तब्य, जिल्ला अध्यक्ष नितेेश राजभण्डारीले बजारीकरणकाे ब्याख्या , जिल्ला उपाध्यक्ष तथा प्रशिक्षक  निर्मला ताम्राकार बैदारले तालीमकाे परिचय दिनु भएको थियाे । सल्लाहकार  राममन्दिल श्रेष्ठ , केन्द्रीय सदस्य  सिध्दिबहादुर कर्माचार्य , जिल्ला काेषाध्यक्ष  सुवास श्रेष्ठ , उद्योग तथा बाणिज्य कार्यालय काभ्रेका तालिम सहजकर्ता  रबिन्द्र चाैलागाई ,  माेहन सिग्देल आदिको सहभागिता रहेकाे समारोह भब्यताका साथ उपलब्धिमूलक रुपमा सुसम्पन्न भएको थियोे ।