काठमडाौं, २३ कात्तिक । चर्चित निर्देशक हाङ चेम्जोङको निर्देशन रहेको ‘मावा यङ्घङ’ बोलको पाःलामको छायाङ्कन सम्पन्न भएको छ । गंगा फियाक र संजय लिङलेकुको स्वर रहेको उक्त पाःलामको शब्द बखत आङदेम्बेको रहेको छ भने लय विपन तावा लिम्बुको रहेको छ ।

पूर्वको काँकडभित्तास्थित चुम्लु्ङ हिममा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन तथा सम्पादन इशाक जबेगुले गरेका छन् ।

भिडियोमा इन्द्र सुशील चोङ्वाङ, रोशनी आङदेम्बे, हर्क फियाक,चन्द्ररानी कुमारी लावती, जीवन सिंगक, सविता आङदेम्बे, सन्ध्या आङदेम्बे, अलिसा लाबुङ, भूमिका फियाक लगायतको अभिनय रहेको छ । त्यसैगरी श्रीङगार सपना लिम्बुको छ ।

निर्देशक हाङ चेम्जोङले सहयोगी सम्पूर्णप्रति आभार प्रगट गर्दै भिडियो गंगा फियाकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र