प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् ।

बैंकिङ कसुर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका शेरचन २५ दिनपछि रिहा भएका हुन् ।

बिज्ञापन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्ने गरी जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा रिहा गरेको हो ।

अनुसन्धानको एउटा चरण पूरा भएको र थुनामै राखेर अनुसन्धान गर्नुपर्ने कानुनी म्याद सकिन लागेकाले उनलाई श्रीमती र कानून व्यवसायीको जिम्मा लगाएर रिहा गरिएको हो ।