धुरन्धर’ ले पार गर्यो ९०० करोड भारु कमाइ

# धुरन्धर’ ले पार गर्यो ९०० करोड भारु कमाइ
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, पुष ०९, २०८२
धुरन्धर’ ले पार गर्यो ९०० करोड भारु कमाइ

भारतीय बक्सअफिसमा, मंगलबारसम्म फिल्मको कुल कमाइ ६१९.३० करोड भारु पुगेको छ। तेस्रो सप्ताहमा पनि यसको कमाइमा ठूलो गिरावट देखिएको छैन। तेस्रो सप्ताहको शुक्रबारमा २३.७० करोड, शनिबार ३५.७० करोड, आइतबार ४०.३० करोड, सोमबार १९.७० करोड र मंगलबार २०.४० करोड नेट कमाइ भएको छ।

फिल्मको कमाइ आगामी क्रिसमसको समयमासम्म अझै बढ्ने प्रक्षेपण गरिएको छ। बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार, फिल्म अब भारतीय बक्सअफिसमा ७०० करोड भारु पुग्न अघि बढिरहेको छ। ‘धुरन्धर’ फिल्मको कथा भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा सञ्चालन गरेको जासूसी अपरेसनमा आधारित छ। फिल्ममा रणवीर सिंहले प्रमुख भूमिका निभाउँदै भारतीय जासूसको पात्रको अभिनय गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up