काठमाडौं महानगरमा १०७ ‘कागजी विद्यालय’, १५ दिने अल्टिमेटमसहित खारेज प्रक्रिया सुरू

# काठमाडौं महानगरमा १०७ ‘कागजी विद्यालय’, १५ दिने अल्टिमेटमसहित खारेज प्रक्रिया सुरू
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, पुष ०८, २०८२
काठमाडौं महानगरमा १०७ ‘कागजी विद्यालय’, १५ दिने अल्टिमेटमसहित खारेज प्रक्रिया सुरू

काठमाडौं महानगरपालिकाले अनुमति लिएर भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया बढाएको छ ।

महानगरको शिक्षा विभागले सोमबार सूचना निकाल्दै नाममात्रका त्यस्ता १०७ विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम दिएको छ ।

शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार, विगतमा अनुमति पाएका तर हाल स्थलगत रूपमा फेला नपरेका विद्यालयहरूको अनुगमन गरी प्रतिवेदन तयार पारिएको थियो । विभागको विभिन्न समयको अनुगमनका क्रममा कतिपय विद्यालय तोकिएको स्थानमा सञ्चालनमा नरहेको/नदेखिएको पाइएको निमित्त विभागीय प्रमुख केशव ज्ञवालीद्वारा जारी सूचनामा उल्लेख छ ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘संलग्न सूचीमा रहेका विद्यालय स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गरी सोको पुष्टि गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up