काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकामा नाल्दुम नगरकोट जुनियर जेसिजको आयोजनामा अन्तर विद्यालय स्तरिय नमुना नगर सभा प्रणालीमा “दोस्रो मण्डनदेउपुर बहस -२०८०” हुँदै छ ।

जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो, अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन । यो संस्थाको केन्द्र विन्दु व्यक्ति –अर्थात मानिस हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ त्यसैले उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ ।

जेसीजले आफना सदस्यहरुलाई र सदस्यमार्फत समाजका युवाहरुलाइ उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने कुरामा अगाडि बढिरहेको हुन्छ ।

प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको नेपाल जेसिजको क्षेत्र ‘ग’ मा रहेको नाल्दुम नगरकोट जेसिजले मातृत्व प्रदान गर्दै प्रोजेक्टको रूपमा स्थापन गरिएको नाल्दुम नगरकोट जुनियर जेसिज पनि हो । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ ।

नाल्दुम नगरकोट जुनियर जेसिज आफ्नो उद्धेश्य मै छ । २०२२ मा सुरुवात गरेको शाखाले आफ्नो स्थापना कालमा जे उद्धेश्यले स्थापना गरिएको हो त्यो उद्धेश्य नजिकै रहेर काम गरिरहेको छ । जेसिजको उद्धेश्य भनेकै युवाहरुलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन ।

शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रुपमा अगाडि बढाएका छौं । यसैलाई नै निरन्तरता दिदै नेतृत्वका लागि बहस नारा सहित मंसिरको १९ र २० गते “मण्डनदेउपुर बहस -२०८०” हुने भएको छ ।

विद्यार्थीहरुको सिर्जनात्मक र तार्किक क्षमताको वृद्धि तथा पाठयक्रममा भएको सैद्धान्तिक विषयलाई प्रयोगात्मक ज्ञान दिने उदेश्यका साथ काभ्रे जिल्लामै तेस्रोपटक र मण्डनदेउपुर नगरपालिकामा दोस्रोपटक नाल्दुम नगरकोट जुनियर जेसिजको आयोजना, नाल्दुम नगरकोट जेसिजको समन्वय साथै मण्डनदेउपुर नगरपालिका आर्थिक सहयोगमा अन्तर माद्यामिक विद्यालय स्तरिय नमुना नगर सभा प्रणालिमा आधारित तालिम र बहस प्रतियोगिता हुन लागेको छ ।

कार्यक्रममा नगर भित्रका १६ विद्यालयबाट ६४ भन्दा धेरै विद्यार्थीहरुले प्रतियोगितामा सहभागी रहनेछ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..