काभ्रेपलान्चोक – चर्चित गायक तथा सर्जक सुरेश तामाङको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । थुप्रै गीतहरुमा अवाज दिइसक्नु भएको गायक सुरेश तामाङले हालसालै बैंशको तरुनी रातो रातो गाला नामक सेलो गीत बजारमा ल्याएका छन्। गायक आशमान लोप्चनको शब्द सङ्कनमा रहेको यस बैंशको तरुनी गीतमा मन्जली तामाङ सोनाम लामा र बुलेट लामाले अभिनय गरेका छन ।

नबप्रस्तुतिमा मन्जली तामाङ्ग देखिएकी छिन भने उत्कृष्ट अभिनय गरेर दर्शक चकित पारेकी छिन ।यो गीत भन्दा अगाडी” दुइ चार बोतल,आमा ह्योल्मो बस आउछ गाउँ गाउँमा ,बस्यो माया हुन कि नहुन ,जाम माया हेलम्बु” जस्ता गीतहरु बजारमा ल्याइसक्नु भएको गायक तामाङले यसपटक भने आफ्नै तामाङ जगतमा रहेर सेलो गीत प्रस्तुत गरेका हुन ।

एरेन्ज,मिक्सिङ दिपेश प्रदानको रहेको यो गीत बैशको तरुनी दिप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो। उक्त गीतको भिडियोमा सोनाम लामा,बुलेट लामा को अभिनय सङ्गै मन्जली तामाङको उत्कृष्ट अभिनयको साथ आगमन भएको देखिन्छ। म्युजिक भिडियो निर्देशन करण ब्लोनले गरेका छन् । के बि हाउसले उत्पादन गरेको यस भिडियो बागमति अन्लाईन टि भि च्यानल बाट सार्वजनिक भएको छ ।  https://youtu.be/b4p_blV4UbM

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..