

पनौती– हाल खोपासी क्षेत्रमा ठूला सवारी साधन, विशेष गरी टिपरहरूको जथाभावी पार्किङ र यात्रु तथा दुईपांग्रे सवारीको आवतजावतमा बाधा पुगेपछि स्थानीय प्रशासनले ‘अफिस टाइम’ व्यवस्था लागू गरेको छ।
बिज्ञापन

खोपासी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार अबदेखि बिहान र दिउँसो भीडभाड हुने समयमा टिपरहरू जि.वि.स. कर काट्ने स्थानभन्दा अगाडि प्रवेश गर्न नपाउने व्यवस्था लागू गरिएको हो। हिजोदेखि प्रभावकारी रूपमा लागू भएको नयाँ प्रणालीअनुसार साँझ ५:१५ बजेपछि (सवा ५) मात्र टिपरले कर काट्न पाउनेछन्।


यातायात सहज बनाउने, पैदल यात्रु तथा एम्बुलेन्स आवतजावतमा हुने समस्या हटाउने उद्देश्यले गरिएको यो निर्णयले खोपासी क्षेत्रको दैनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


