बालबालिका तथा किशोरीहरुलाई आत्मरक्षा Salf Defense सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।

किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर तालिम सञ्चालन गरिएको थियो ।

बनेपा नगरपालिका वडा नं. ७ को आयोजनामा तिन दिने तालिम सम्पन्न भएको हो । काभ्रे जिल्लामा नै पहिलो पटक बनेपा नगरपालिका वडा नं. ७ का किशोरीहरुलाई आत्मरक्षा Salf Defense सम्बन्धि तीन दिने तालिम दिइएको छ ।

राष्ट्रिय प्रशिक्षक, समाजसेवी तथा युवा नेता नवराज मानन्धरले बनेपा नगरपालिका वडा नं. ७ मा बसोबास गर्ने बालबालिकाहरु लाई
आत्मरक्षा Salf Defense सम्बन्धि तीन दिने तालिम दिएको बनेपा नगरपालिका वडा नं. ७ को वडा सदस्य रामेश्वरी मानन्धरले जानकारी दिइन ।

तीन दिनसम्म चलेको तालिममा आत्मरक्षाको सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षासम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यावहारिक अभ्यास, सफल नेतृत्व विकाससम्बन्धी कला, साइबर सुरक्षा एवम् घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष हिटलर शाक्य, कार्यक्रम संयोजक साेनि शाक्य,वडा सदस्यहरु र स्थानीयहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र