
काठमाडौं – कार्तिक १३ गतेदेखि लगातार पेसी चढ्दै आएको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको उक्त मुद्दा आज हेर्न नमिल्ने गरी राखिएको हो।
बिज्ञापन

मुद्दाको पेसी आज स्थगित गरिएको कारण न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण भएको बताइएको छ।


बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको आरोपमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कार्तिक १३ गतेपछि निरन्तर स्थगित हुँदै आएको छ।


