अबका दिनहरुमा विश्वब्यापी रुपमा अन्तरदेशिय द्वन्द बढ्दै जाने संभावना देखिएको छ । यदि अहिले देखिएको द्वन्दलाई शान्तिमा रुपान्तरण गर्न सकिएन भने विश्व युद्घ नजिकिने संभावना उत्तिकै बढेर जाने छ । विश्वयुद्घ चर्कियो भने कयौं देश युद्घको कृडास्थल बन्नेछन् । त्यस्तादेशहरुमा गोली, बारुद र बम वर्षा हुन थालेपछि उत्पादनशिल स्थानहरु खण्डहरको रुपमा परिणत हुनेछ । कयौं धन र जनको क्षति हुनेछ । युद्घ भैहालेको अबसथामा सबै राष्ट्र आफ्नो देशको अस्मिता र नागरिकको सुरक्षामा केन्द्रीत हुनेछन् । यस्तो अवस्थामा लुटपाट र आगजनीका घट्ना अत्याधिक हुने संभावना हुन्छ । मानव तथा सरसामान ओसारपसारमा नाकाबन्दी हुनेछ । हाम्रो जस्तो देशले हरेक कुरा अरु देशबाट आयात गरेर बाँच्नु पर्ने भए पछि नागरिकले के खाएर बाँच्छन् ? यो नै हाम्रो सामु मूल प्रश्न रहने छ ।

विगतमा भएका केही युद्घहरुलाई हेर्ने हो भने युद्घ खेप्नु परेका केही मुलुकहरुले भोकमरीको सामना गर्नु परेको तथ्यांक हाम्रो सामु छर्लंग छ । देशमै गृहयुद्घ नभएता पनि विश्वयुद्घ भैहाल्यो भने पनि नेपाल कसैको पक्षधरता नभै रहन सक्दैन र अन्तर्राष्ट्रि कानूनले पनि तटस्थ रहने मौका दिदैन । कसैको पक्षमा वा विरोधमा उभिने वित्तिकै पनि कसै न कसेको निसानामा पर्ने पक्का छ । सबैतिर युद्घ चलिरहदा कसैले पनि कृषि उत्पादन गर्दैनन् । उत्पादन नभएपछि कुनै पनि देशले खाद्य निर्यात गर्न सक्दैनन् । जे जति भए पनि आफैंलाई भालीका लागि जोहो गर्नु जरुरी ठान्छ र निर्यात रोक्दछ । त्यस्तो अवस्थामा कृषि उत्पादन कम गर्ने देशले अन्य देशबाट खाद्यान्न ल्याउँन सकेन भने आफ्ना जनतालाई के खुवाएर देशको रक्षा गर्न खटाउन सक्ला ? यि र यस्ता कुरा भन्दा र सुन्दा अपत्यारिलो लाग्न सक्छ तर सत्य यहि हुनेछ ।

विश्व युद्घ हुनु वा नहुनु एउटा विषय हो । भएछ भने पनि त्यसबाट उत्पन्न हुने परिणाम पनि जे होला त्यो पनि एउटा विषय हो । तर हाम्रो बानी र असली हैसिएत भनेको आफ्नै जमिन बाँझो राखेर अन्न किनेर खाने सौखिन नेपाली भनेर गनिन्छौं । आफ्नै उत्पादन खान लाज मान्ने अनि ऋण गरेर भए पनि किनेर खादा गर्व गर्ने पनि हामी नेपाली नै हौं । बाबु काम गर्ने खेतालो खोज्दै हिड्ने र छोरो काम नपाएर चोकमा क्यारमबोर्ड खेलेर दिन बिताउदै बरालिएर बस्ने देशका नागरिक पनि हामी नै हौं । गरि हालियो भने अर्काको देखासेखीका लागि गर्ने तर आफ्नै देशका लागि र भविष्यकै लागि भनेर दृढ ईच्छा शक्तिका साथ गर्न नचाहने र नगर्ने पनि नेपाली नै हो । अब घरघरबाट ‘आफ्नो लागि आफ्नै उत्पादन’ अभियान शुरु गर्न थालियो भने खाद्य आयातलाई धेरै हदसम्म घटाउन सकिन्छ । यस्तो महत्वपूर्ण काममा राज्यले पनि सघाउने हो भने स्वदेशमै कृषि उत्पादन अत्याधिक बढाउँन सकिन्छ ।

देशको कानून अनुसार खोलिएका सबै सहकारी मार्फत सरकारले पनि सहयोग गर्दै हरेक सहकारीले कृषि उत्पादनमा ऋण लगानीको न्यूनतम २० प्रतिशत मात्रै भएपनि कृषिमा लगानी गर्ने हो भने धेरै मान्छे नागरिक कृषि कर्ममा लाग्नेछन् । फरक गाउँ फरक उत्पादनको अबधारणाले काम गर्ने हो भने सहज विक्रि वितरण हुनुका साथै आयात घटाउन ठूलो सहयोग पुग्नेछ । –नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..