लेगुवाघाटमा अवैध क्रसर उद्योग सञ्चालनमा रोक

# लेगुवाघाटमा अवैध क्रसर उद्योग सञ्चालनमा रोक
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर २३, २०८२
लेगुवाघाटमा अवैध क्रसर उद्योग सञ्चालनमा रोक

जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरेको क्रममा कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त क्रसर उद्योगले अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गरेको पत्ता लगाएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए। उनले भने कि क्रसर उद्योगले अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पनि फेला परेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा नहुन्जेल यस उद्योगलाई सञ्चालनमा अनुमति नदिने निर्णय गरिएको छ।

प्रमुख थुलुङले थपे, “हामी जिल्लाभरका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ। कानुनविपरीत सञ्चालन भएका उद्योगलाई कानुनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ। अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटस्थित क्रसर उद्योगलाई बन्द गराइएको हो।”

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up