काभ्रेपलान्चोक – पाँचखाल नगरपालिकाको समन्वयमा नगर भित्र मानसिक स्वास्थ्य उपचारमा रहेका नागरिकलाई आज राहत वितरण गरिएको छ ।

पाँचखाल नगरपालिकाको समन्वयमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनको सहकार्यमा पाँचखालमा रहेका आर्थिक अवस्था कमजोर भएका तथा मानसिक स्वास्थ्य उपचारमा रहेका ५२ जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । उनीहरुलाई पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले राहत सामाग्री वितरण गरिन ।

उपप्रमुख दनुवारका आनुसार उनीहरुलाई दाल, चामल, तेल लगायत खाद्य सामाग्री तथा मास्क र सेनिटाईजर लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..