पाँचखालबाट लागुऔषधसहित दुई पक्राउ

 

काभ्रे, पाँचखाल– प्रहरीले पाँचखालका भिन्नाभिन्नै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल–६ का समिर पराजुली र पाँचखाल पलाञ्चोकका ज्ञानबहादुर खत्री रहेका छन्।

बिज्ञापन

उनीहरूको साथबाट प्रहरीले ट्रामाडोल, नाइटोमेर, स्पास लगायतका लागुऔषध तथा तीन किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धानका लागि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।