

काठमाडौं । नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदोन्नतिको खुशी आफ्नै बाल्यकालका छिमेकीसँग बाँड्दै हृदयस्पर्शी कदम चालेका छन्।
बिज्ञापन

आईजीपी नियुक्ति भएपछि कार्की आफ्ना पुराना छिमेकी भोटे दमाई दाईको घरमै पुगेर भेटघाट गरे। कार्की काठमाडौं आउँदै गर्दा फाटेको झोला सिलाइदिएकै कारण उनले जीवनभर नबिर्सिएको त्यो सम्बन्धलाई उनले सम्मानसहित पुनः सम्झिए।


पदोन्नतिको अवसरमा उनले मिठाई खुवाएर खुसी साटे । भेटघाटका क्रममा भोटे दमाई दाईले उनको हातमा टीका लगाइदिँदा कार्की भावुक बने । उनले दशैंमा टीका लगाएको जस्तै अनुभूति भएको बताउँदै आँसु रोक्न सकेनन्।
कार्कीले भने, “मान्छेले आफ्नो धरातल कहिल्यै बिर्सनु हुँदैन।”
उनको यो कार्यले सामाजिक सद्भाव, कृतज्ञता र मानवताको सुन्दर उदाहरण प्रस्तुत गरेको भन्दै धेरैले सराहना गरेका छन्।


