पलान्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उदधाटन सत्र कार्यक्रम सम्पन्न भएको छ ।
खानीखोला गाउँपालिका वडा न : २ फलामेटारमा इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
खानेपानीको लागि पनौती देखी सिमेन्ट वोकेर खानेपानीको योजना निर्माण गरेको अध्यक्ष थिङले वताए, खानेपानीको ठेक्का सम्झौता गरी समयमा सकाउने श्रीजना कन्स्ट्रक्सनलाई धन्यवाद समेत व्यक्त गरे । त्यससँगै खानिखोलाले हरेक वर्ष निर्माण ठेक्दारलाइ राम्रो काम गर्ने समयमा निर्माण सम्पन्न गराउने निर्माण व्यवसायलाई सम्मान गरि आएको र यसपाली भने श्रीजना कन्स्ट्रक्सनलाइ सम्मानको बागेधारी हुने समेत बताएनु भयो ।
खानेपानी आयोजनालाई उपभोक्ता समिति गठन गरि खानेपानीलाई नियमित वनाउने वडावासिहरुलाई अनुरोध गरेका छन् । खानीखोलाका सातै वडामा एक घर एक धारा बनाउने पालिका सरकारको निति समेत रहेको अध्यक्ष थिङ्ले जानकारी दिनुभयो ।
मानविय जीवनमा पानीको आवश्यकता महत्वपूर्ण रहने र यो अयोजना समय सिमा भन्दा अधि काम सम्पन्न गरेकोमा प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले खुसीसंगै धन्यवाद व्यक्त गरेका थिए, अवका दिनमा राम्रो काम गर्नेलाई प्रोत्साहण सहित सम्मान गर्ने प्रतिवद्वता जनाए ।
विकास धेरै आउने गर्छन तर पनि खानेपानी आयोजना मानवीय जिवनमा अति आवस्यकता रहेको फलामेटार बासिहरुमा समय सिमा भित्र काम सम्पन्न गरि खानेपानी घर घर सम्म पुगेकोमा वडा न: ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले हर्षित र खुसी व्यक्त गरे,
वागमती प्रदेशको विशेष अनुदानमा रु १ करोड रहेकोमा श्रीजना कन्स्ट्रक्सनले ५८ लाखमा ठेक्का परी काम गरेका थिए । समय सकिनु अगावै कन्स्ट्रक्सनले २० दिन समय बाँकी हुँदै कार्य सम्पन्न गरी श्रीजना कन्सट्रक्सनकाले फलामेटार बासिहरु ५२ घर धुरीका लागि खानेपानी संन्चालन हुनुसंगै खुसीले उत्साहित भएको प्रो. वावुलाल घलानले बताए, ।
यसै गरि कार्यक्रममा पमुख अतिथी इन्द्र बहादुर थिङ( छिन्ताङ) बिशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, लेखापाल बम काजी शेर्पाली ,इन्जिनियर अनमोल आचार्य वडा न: ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, ४ का अध्यक्ष निशान मोक्तान , समाजसेवी मिना पाखृन , कार्यक्रमका सभापति वडा न :२ का अध्यक्ष दसरथ थिङ् रहेको थियो । कार्यक्रम संन्चालन वडा सचिव राम कृष्ण अर्यालले