काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाउँपालिकाले सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०७९ को एस. ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। आज शनिवार पालिका कार्यालय सल्ले भुम्लुकाे सभाहलमा आयाेजित एक समाराेहमा पालिका भरि उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई नगद एक लाख सहित सम्मान गरेको हो ।

गत वर्ष गाँउपालिकाले सामुदायिक विद्यालयबाट उत्कृष्ट नम्बर ल्याइ एसइईमा पास हुने विद्यार्थीलाई प्राेत्साहन स्वरुप नगद एक लाख सहित सम्मान गरिने घाेषणा गरेको थियो । नगद सहित सम्मानित हुनेमा पालिका भित्रका विद्यालय मध्यबाट प्रकाश उच्च माविका छात्र सन्देश उप्रेती र अरुणाेदय माविकी छात्रा शाेनिया खड्का रहनु भएको शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख अन्चल खड्काले जानकारी दिनु भयो ।

सम्मानित उत्कृष्ट छात्र उप्रेतीले ३.६० जिपिए र छात्रा खड्काले ३.३५ जिपिए प्राप्त गर्नु भएको थियो । सम्मानित छात्र ,छात्रालाई नगद चेक हस्तान्तरण गर्दै गाँउपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले विद्यालय सुधार याेजनाकाे पहिलाे वर्षमा नै दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्न पाउँदा खुसि लागेकाे बताउदै आगामी वर्ष याे संङ्ख्या बढने विश्वास लिनु भएको छ। विद्यालय सुधार याेजनाकाे अभियानले निरन्तरता पाउने भन्दै यसलाई सफल पार्न विद्यालय व्यवस्थापन समिति ,विद्यार्थी , अभिभावक र शिक्षक सबैकाे उत्तिकै हात हुने बताउनु भएको छ।

कार्यक्रममा उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा) ले मेहनति जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाको निम्ति सहयोग पुगाेस भन्ने हेतुले पालिकाले याे नगद सहितको शुभकामना र प्राेत्साहन गरेकाे प्रस्ट पार्नु भयो । साथै उहाँले भुम्लु गाँउपालिका भित्रका विद्यालयमा अध्यापन गराउनु हुने उत्कृष्ट आठ शिक्षकहरुलाई समेत सम्मान गर्न पाउँदा गर्व लागेकाे बताउनुभयो ।

आगामी वर्ष देखि गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार हुने र उत्कृष्ट विद्यार्थीकाे संङ्ख्यमा वृद्धि हुने आशा व्यक्त गर्नु भएको छ। गाउँपालिकाले यसै अवसरमा उत्कृष्ट विषयगत शिक्षकहरुलाई पनि प्रमाण पत्र सहित सम्मान गरेको छ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..