नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनुभएको छ । ताम्राकारसहित उपाध्यक्ष र सदस्यहरूको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।

आयोगका उपाध्यक्षमा मेलम्ची-६ बस्ने डा. जगतबहादुर बस्नेत यस्तै सदस्यहरूमा रामेछाप भीरपानी-६ का ज्ञानुकुमार श्रेष्ठ, काठमाडौं–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर-१० का रामशरण प्याकुरेल रहेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफूहरूले आयोगलाई पूर्णता दिएको बताउनुभयो ।

साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..