आफ्नै विवाहमा स्वयं मन्त्र पढेपछि बेहुलाको भिडियो भाइरल

 

सामाजिक सञ्जालमा हाल एक अनौठो र रोचक दृश्यले व्यापक ध्यान खिचेको छ। आफ्नै विवाह समारोहमा बेहुलाले पुरोहितको भूमिका सम्हाल्दै वैदिक विधिअनुसार स्वयं मन्त्र पढेको भिडियो छोटो समयमा नै भाइरल बनेको छ।

बिज्ञापन

उक्त भिडियोमा बेहुलाले परम्परागत विवाहका महत्वपूर्ण मन्त्रहरू आत्मविश्वासका साथ उच्चारण गर्दै संस्कृतिप्रतिको सम्मान प्रकट गरेको देखिन्छ। असाधारण क्षण भएकाले धेरैले प्रशंसा व्यक्त गरेको छन्।

समाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई आधुनिक पुस्ताको आत्मविश्वास, संस्कृतिप्रतिको लगाव, र परम्परागत भूमिकामा आएको सकारात्मक परिवर्तनको उदाहरण भन्दै शेयर गरिरहेका छन्।

केही समयमै हजारौं भ्यू प्राप्त गर्न सफल भएको यो भिडियो अहिले विभिन्न प्लेटफर्ममा ट्रेन्डिङमा रहेको छ।