धुलिखेल – धुलिखेल नगरपालिका, ९ नं. वडा कार्यालय काभ्रेपलाञ्चोकले वडाका जेष्ठ नागरिक र लामो समयसम्म राजनितिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा सर्मपित रहेका वडा बासीहरुलाई एक साथ सम्मान गरेको छ ।
शनिबार वडा कार्यालयले काभ्रेभञ्ज्याङमा आयोजना गरेको सामाजिक व्यक्तित्व तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा दुई दर्जन भन्दा बढी सामाजिक व्यक्तित्व र २ सय ५० जना भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । समाज परिवर्तनमा जेष्ठ नागरिकले गरेको योगदानको स्मरण गर्दै उहाँहरुलाई दिर्घ जीवनको कामना सहित सम्मान गरिएको वडा अध्यक्ष बद्रीप्रसाद हुमागाईले वताउनु भयो । उहाँले जेष्ठ नागरिकको आशिर्वाद र सामाजिक व्यक्तित्व र वडा बासीको साथ सहयोग पाएको खण्डमा हर हमेसा वडाको बिकास र समृद्धिमा आफु लागि रहने बताउनु भयो । वडा र वडा बासीको सेवकको रुपमा काम गर्न जनप्रतिनिधि बनेको भन्दै वडाको चौतर्फी बिकासमा सदैब खटिरहने उहाँको प्रतिवद्धता थियो । सम्मानितहरुलाई दोसल्ला र सम्मान–पत्र तथा जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान–पत्र र ब्लाङ्केट समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नरपालिकाका मेयर अशोक कुमार व्याञ्जुले अग्रज पुस्ताले सहि मार्ग निर्देश गरे मात्र नयाँ पुस्ता सहि यात्रामा हिड्ने हुँदा अग्रजको सहि अनुभव ग्रहण गरेर अघि बढेमा नयाँ पुस्ताले परिपक्क भएर काम गर्न सक्ने र समृद्धिले सार्थकता पाउने बताउनु भयो । उप–मेयर निराजन जंगमले अग्रजहरुको आशिर्वादले नै आफु सामाजिक मान्छे बनेको भन्दै अझै सामाजिक र राजनितिक कार्यमा क्रियासिल रहने बताउनु भयो ।
धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, राष्ट्रिय भुमि आयोगका बासुदेव हुमागाई, सम्मानित व्यक्तित्वको तर्फबाट वरिष्ठ अधिबक्ता शिव प्रसाद सिग्देल, जेष्ठ नागरिक मुरली प्रसाद शर्मा बजगाईलगायतले बोल्नु भएको कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य बालकृष्ण गौतमले, धन्यवाद ज्ञापन वडा सचिव सुरेश लामाले र सञ्चालन शिक्षक रामचन्द्र होमेगाईले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..