काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा-१३ मा साँगा मुढे साँगा दथु टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको बीच साँगामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज हरिशरण दाहाल, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्न कुश रंजितकार, अखिल नेपाल महिला संघ काभ्रे जिल्ला अध्यक्ष बिमला सापकोटा, जिल्ला कमिटी सदस्य मनोरथ आचार्य , जिल्ला सल्लाहकार परिषद सदस्य बाल कृष्ण श्रेष्ठ, वडा कमिटीको अध्यक्ष राम लाल दुवाल, नगर कमिटी सदस्य राजु प्रसाद श्रेष्ठ, समीर भुजेल, सरिता कुमारी श्रेष्ठ, सिद्धी लाल श्रेष्ठ, लक्ष्मी मिजार, वडा कमिटी उप-सचीव रन्जना राय श्रेत्री, राकेश श्रेष्ठ वडा सदस्य लगायत अन्य नेकपा एमालेका सार्थकहरु र स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष भुवन न्हुच्छे प्रधान सहित २१ सदस्यीय नेकपा एमाले बनेपा-१३ मा साँगा मुढे सागाँ दथु टोल कमिटी गठन भएको हो । उक्त कार्यक्रमको संचालन वडा सचिव प्रकाश बुढाथोकी गर्नु भएको थियो ।

उता सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । यो संगै देशै भरि नै नेकपा एमाले स्थानीय निर्वाचनको तयारीमा लागेको छ। बनेपा नगरपालिका वडा नं. १ देखी १४ वटै वडामा एमालेको घर दैलो अभियान सुरु भएको छ ।

हर स्वाभिमानी नेपालीको मुहारमा ‘सूर्य’ छ । नेपालीको मनमा, मस्तिष्कमा र मतमा’सूर्य भन्ने मुल नाराको साथमा वडा कमिटीका अध्यक्षहरुको उपस्थितिमा घर दैलो अभिनय सुरु भएको हो । कमिटीले आफ्ना उम्मेदवारहरुलाई बिजय गराउन घर दैलो कार्यक्रम सुरु गरेको बताइएको छ । उम्मेदवारहरुले आफ्ना योजना, प्रतिबद्धता जाहेर गर्दै अभियान जारी राखेका छन् । उता नेपाली काँग्रेस लगायत गठबन्धनको उम्मेदवार टुंगो नलाग्दा नेकपा एमाले भने धेरै अगाडि बढि सकेको छ । बनेपाका स्थानीय बासीहर नेकपा एमालेले जित्ने दाबी गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..