बनेपा – ३ बर्ष जेल जीवन बिताएका वामपन्थी नेता मान बहादुर वाइवा नेकपा एमाले पार्टीमा प्रवेश हुनु भएको छ ।

नेकपा एमाले प्रदेश कमिटी सचीवलय सदस्य एवं माननीय संसद ज्ञान बहादुर तामाङ्ग, प्रदेश कमिटी सदस्य एंव इन्द्र तामाङ्ग, प्रदेश कमिटी सदस्य जेनिश लामा, प्रदेश कमिटी सदस्य नोर्बू लामा लगायतले नेकपा एमालेमा स्वागत गर्नु भएको थियो ।

स्वागत कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य नरध्वज तामाङ , जिल्ला कमिटी सदस्य सुरेश कुमार दोङ्ग लगायत तेमाल गाउँपालिका कमिटीका उपाध्यक्ष सिंग बहादुर दोङ्ग , पालिका कमिटी उप-सचिव सुरेन्द्र दोङ्ग र काभ्रे – काठमाडौ सम्पर्क मन्च कमिटीको कोषाध्यक्ष जगत तामाङको लगायतको उपस्थिति रहेकोे थियो ।

२०३९ सालमा कुशेश्वर मावि दुम्जामा ६ कक्षामा अध्ययन गर्ने सिलसिलामा कम्युनिस्ट आन्दोलन सुरु गर्दै गर्दा २०४२ साल र २०४५ साल जेल जीवन बिताएका साथै कम्युनिस्ट माओवादीले २०५२ सालमा सुरु गरेको १० बर्षे जनयुद्धको क्रममा भूमिगत आन्दोलनमा रहदा २०५८ सालमा जेल परेको तेमाल गाउँपालिका कमिटी उप-सचिव सुरेन्द्र तामाङले जानकारी दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..