


काभ्रे — गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले काभ्रेको पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधीन भवन तथा विभिन्न संरचनाहरूको बिहीबार निरीक्षण गरेका छन्।
बिज्ञापन


निरीक्षणका क्रममा सचिव दंगालले निर्माण कार्यको प्रगतिबारे विस्तृत जानकारी लिँदै काम तोकिएको समयमा, गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

उनले प्रतिष्ठानलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी प्रशिक्षण केन्द्रको रूपमा विकास गर्न सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै अवस्मिक संरचनाहरू समयमै सकेर प्रयोगमा ल्याउन जोड दिए।
निरीक्षण टोलीमा स्थानीय प्रशासनका अधिकारी, नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू र निर्माण कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।


