


काभ्रेपलाञ्चोक — जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टहरूले २४ गते विभिन्न स्थानमा व्यापक सवारी चेकजाँच सञ्चालन गरेका छन्। चेकजाँचका क्रममा सवारीसाधनमा अनावश्यक रूपमा राखिएको झल्लर हटाइएको साथै प्रेशर हर्न जफत गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
बिज्ञापन


त्यसैगरी प्रेशर हर्न प्रयोगमा कडाइ गर्न टिपरहरूलाई रोकेर चालकहरूलाई सचेतना तथा सम्झाइ–बुझाइ कार्यक्रम समेत गरिएको छ। ट्राफिक प्रहरीले सवारी सुरक्षामा असर पर्ने अनधिकृत सामग्री हटाउन तथा आवाज प्रदूषण नियन्त्रणमा योगदान पुर्याउन चेकजाँच निरन्तर जारी रहने जनाएको छ।

—


