काभ्रेपलान्चोक – जिल्ला कै नमुना विद्यालय नाईटिङ्गेल एकेडेमीले नयाँ विद्यार्थीहरु लाई स्वागत गरेको छ । आज एक कार्यक्रममाको बिच एकेडेमीले विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
बनेपा नगरपालिका वडा नं. १० मा रहेको नाईटिङगेल एकेडेमीले शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रम बिच स्वागत गरेको हो ।
विद्यालयले व्यवहारिक शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा जिल्ला कै उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यालयमा पर्दछ । त्यस कारणले पनि होला एकेडेमीमा विद्यार्थी संख्या निकै बढेको छ ।
स्वागत कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गरेकी छन् । उनका अनुसार १६७ जना नयाँ विद्यार्थीले भर्ना गरेका छन् ।शैक्षिक सत्र २०८२ मा ९ सय ४० जना विद्यार्थी अध्ययनरत रहेका प्रिन्सिपल बस्नेतले बताइन् ।विद्यालयले गुणस्तरीय शिक्षाको लागि ब्यवहारिक शिक्षामा जोड दिँदै आएको छ ।
विद्यार्थी स्वागत कार्यक्रममा विद्यालयका प्रशासकिय अधिकृत तथा ईसिए ईन्चार्ज बिक्रम प्रजापति लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।