काभ्रेपलान्चोक –  कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेलाई जिल्ला सहकारी संघ, काभ्रेले सम्मान गरेको छ । जिल्ला सहकारी संघको ४० औं वार्षिक साधारण सभामा एक विशेष कार्यक्रमका बीच क्लबका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।
सम्मान ग्रहण गरेपछि क्लबका अध्यक्ष विवेकराज ठकुरीले क्लब स्वायत्त र स्वतन्त्र रहेको बताउनुभएको थियो । उहाँले क्लबले पहिलो लाइनमा व्यवस्थापन प्रमुखहरुलाई जोड्ने र दोस्रो लाइनमा अधिकृत स्तरका कर्मचारीहरुलाई जोडिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी कर्मचारीहरुको क्षमता विकासलाई विशेष ध्यान दिनेछौं ।’ – मिडिया क्लब बाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..