काभ्रेपलान्चोक – यस वर्षको भाइटीकाको उत्तम साइत २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा लगाउनको लागि समय निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउन उनले सुझाव दिए । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….