काभ्रेपलान्चोक – उपत्यका बाट चोरी भएका तथा हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एव भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गर्दै आएको छ । आजमात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाईकल आज एक कार्यक्रमका वीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । कार्यक्रममा बोल्नुहुदैँ एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताउनुभयो । उहाँले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताउनुभयो ।
गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ । मेट्रो पुलिस बाट