काठमाडौं : नेहा मन्जु फाउण्डेसन द्वारा बरिष्ट समाजसेवी नेहा मन्जु गुरुङको पहलमा विभिन्न दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर बितरण गरिएको छ। सिन्धुली कुसेश्वरमा १ ,रामेछाप खाडादेबी मन्दिर आसपास २ दोलखा भिमेश्वर आसपास ४, खाेटाङमा ४ गरि जम्मा ११ वटा स्ट्रेचर बितरण गरिएको छ। र भबिष्यमा पनि यसरीनै दुर्गम क्षेत्रमा सहयोग कार्यलाइ निरन्तरता दिने जानकारी गराईएको छ।

साई केन्द्र बालकाेटका साई भक्त सन्ताेस चुडालको संयोजकत्वमा दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर बितरण गरिएको कुरा नेहा मन्जु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले बताएकी छिन। यस कार्यक्रमकाे उदेश्य मानब सेवा र आत्ध्यात्मिक पुनजागरण रहेकाेछ।

ईजराईल निवासी समाजसेवीहरु नेहा मंजु गुरुङ, सुजाता गौतम, पूर्ण गुरुङ, मंजु घिमिरे, मिना बास्कोटा र मिनु लिम्बु नगद संकलन गरि उक्त स्ट्रेचर खरिद गर्न रकम नेपाल पठाईएको थियो। स्ट्रेचर रु. ३३,०० प्रति गोटाको दरले ११ वटा खरिद गरिएको थियो।

बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी नेहा मंजु गुरुङ आध्यात्मिक व्यक्तित्व हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष, नेपाली नारि आवाज इजराईलकि अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहाले नेहा मंजु फाउण्डेसन मार्फत नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ।त्यसैगरी विभिन्न धार्मिक संघ संस्थाहरु धार्मिक कार्यक्रमको लागि समेत सहयोग गर्दै आएकी छिन। भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले जानकारी गराईन।

बिदेशी भूमिमा बसेर सदैब नेपालीहरुको सेवा-सहयोगमा जुटेकी उनि सबै माझ परिचित छिन। उनि विभिन्न अवसरमा फरक फरक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउछिन । समाजसेवामा अग्रसर रहने मन्जुले आगामी दिनहरुमा पनि यस्तै सहयोग जारी राख्ने बताएकि छन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..