



धुलिखेल । सामाजिक सेवामा सक्रिय योगदान पुर्याउँदै आएका राजन अधिकारीलाई सुसन्देश सामाजिक सेवा सम्मान द्वारा सम्मानित गरिएको छ।

सामाजिक सेवामा समर्पित व्यक्तिहरूलाई हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रदान गरिने उक्त सम्मान यस वर्ष अधिकारीलाई प्रदान गरिएको हो। कार्यक्रमका वक्ताहरूले अधिकारीले देखाएको सेवा भावना, समाजप्रतिको समर्पण र निरन्तर सक्रियताले धेरैलाई प्रेरणा दिएको उल्लेख गरेका थिए।

सम्मान ग्रहण गर्दै अधिकारीले सामाजिक सेवामा गरेको योगदानलाई संस्थाले कदर गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाज हितका लागि अझ उत्साहपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सुसन्देश सामाजिक सेवा सम्मानले विगतदेखि नै समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ। यस पटक राजन अधिकारीलाई गरिएको सम्मानले उहाँको सेवाभावलाई अझ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।