

पुर्खाहरुले पहिचानको रुपमा संरक्षण गर्दै आएको कला, संस्कृति जगेर्नामा साइनिङ बाेर्डिङ स्कुल लागिपरेको छ ।


विगत लामो समय देखि आफ्नो छुट्टै पहिचान बनाउन सफल चाँगुनारायण वडा नम्बर ६ मा अवस्थित साइनिङ्ग इङगलिस सकेण्डरी ले विगतका वर्षहरूमा झै यस वर्ष पनि स्कूलले पूर्खाले सिर्जेको कला र संस्कृतिलाई जर्गेना गर्ने हेतुले विगतका वर्षहरूमा झैं यस वर्ष पनि साइनिङ स्कूलले विद्यार्थी भाइबहिनी हरुलाई घिन्ताङ घिसी विशेष कार्यकम आयोजना गरि सम्पन्न गरेको छ ।
कार्यक्रममा जनचेतनामूलक सन्देश play card प्रदर्शन गरी पकुनेपाटी ,चाँगुनारायण मन्दिर, पिखेल, हुदै विद्यालय प्राङ्गनमा विर्सजन गरिएकाे विद्यालयका संचालक विक्रम ढुकुछुले जानकारी दिए । कार्यक्रम सफल बनाउन विशेष सहयोग गर्ने महाकाली सांस्कृतिक भजन खल कालिटारलाई ढुकुछुले विशेष आभार व्यक्त गरे ।
बिज्ञापन



