“एमालेमा ट्रष्टफूल एकताको खाँचो, ओली–भण्डारी सहकार्य राजनीतिक ढंगले समाधान होस् : बास्कोटा”

“एमालेमा ट्रष्टफूल एकताको खाँचो, ओली–भण्डारी सहकार्य राजनीतिक ढंगले समाधान होस् : बास्कोटा”

नेकपा एमालेको जारी पोलिटब्युरो बैठकमा पूर्वमन्त्री तथा प्रभावशाली नेता गोकुल बास्कोटाले पार्टीमा विश्वासमा आधारित ‘ट्रष्टफूल एकता’ को खाँचो औंल्याएका छन्। उनले पार्टीभित्र यान्त्रिक हैन, साँचो राजनीतिक विश्वासमा टेकेको एकता आवश्यक रहेको धारणा राखेका हुन्।

बिज्ञापन

बैठकमा बोल्दै बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्धलाई झटारो-style ढंगले होइन, राजनीतिक तरिकाबाट सुल्झाउन आग्रह गरे। “अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेभित्र मात्र होइन, दुनियालाई थाहा छ,” उनले भने, “यो विषय प्राविधिक हैन, राजनीतिक हो। त्यसैले छलफलमार्फत समाधान खोजौं।”

बास्कोटाले दोस्रो पुस्ताका नेताहरूलाई आपसी छलफल र समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चुनौती पनि दिए। “दोस्रो पुस्ताका हौं भन्नेहरूले मिलाउने क्षमता देखाउनुपर्छ,” उनले भने, “हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौं।”

उनले विगतमा पार्टीले ७० वर्षे उमेर हदलाई सैद्धान्तिक विषय बनाएको भन्दै त्यसलाई सम्झनुपर्ने बताएका छन्।
बास्कोटाको धारणा बैठकमा मध्यमार्गी र पार्टी एकताको पक्षमा रहेको सहभागी नेताहरूले बताएका छन्।