काठमाडौं, पशुपतिनाथ “श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पूर्ण तयारी पूरा धार्मिक अनुष्ठानसँगै
“अनेक दान एक समान कथा र पुराणमा दान र द्रव्यभन्दा पनि भाव चढाऔं” भन्ने मूल मन्त्रका साथ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा हुन लागेको “श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पूर्ण तयारी पूरा भएको छ।
श्रावण १ गतेदेखि भुवनेश्वरी–नाशलचोक, पशुपतिनाथमा सुरु हुने यो धार्मिक महाअनुष्ठानमा शिव महापुराण, श्रीमद्भागवत, श्रीराम कथा, श्रीमद्देवी भागवत, नेपाल माहात्म्य, श्रीरामायण चरित्रगाथा आदि ग्रन्थहरूको वाचन गरिनेछ।

कान्छी कथावाचिकादेखि चर्चित वाचकसम्मको सहभागिता
कार्यक्रममा विश्वकै कान्छी ९ वर्षीया कथा वाचिका दिपसन सापकोटा र १५ वर्षीया आध्यात्मिक वाचिका देवी अभियानद्वारा दिव्य वाचन गरिनेछ। साथै योगमाया सखी जेरीलगायत चर्चित वाचकहरू पनि कार्यक्रमलाई आध्यात्मिक उचाइ दिनेछन्।
स्वास्थ्य सेवा पनि सँगसँगै: नेतृत्वमा पत्रकार राजन थापा
धार्मिक अनुष्ठानसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने भएको छ, जसको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी पत्रकार तथा सामाजिक अभियन्ता राजन थापाले लिएका छन्।

थापाले ॐ समाज डेन्टल अस्पताल, स्तुपा अस्पताल, चिरायु अस्पताल, ईशान महिला तथा बाल अस्पताल लगायतका प्रतिष्ठित संस्थाहरूसँग सहकार्य गरेर दन्त, स्त्रीरोग, बालरोग, सामान्य चिकित्सा लगायतका सेवा दिने व्यवस्था मिलाएका छन्।
उनको सक्रिय प्रयासमार्फत विपन्न, वृद्ध, महिला तथा बालबालिकालाई लक्षित गरी सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ।

सर्वसाधारणलाई सहभागिताको आह्वान
विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन, धर्मप्रेमी र सेवाभावी मनहरूलाई कार्यक्रममा उपस्थित भई धार्मिक पुण्य र सामाजिक योगदान दुबै प्राप्त गर्न आह्वान गरेको छ।शिव महापुराण,श्रीमद भागवत ,श्रीराम कथा ,महापुराण,श्रीमददेवि भागवत महापुराण नेपाल माहत्म्य ,श्रीरामायण चरित्र गाथा लगायतका धार्मिक प्रबचन हुनेछ ।
“श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२” को सम्पुर्ण तयारी पुरा सागर थापा भन्नू हुन्छ “अनेक दान एक समान कथा र पुराणमा दान र द्रब्य भन्दा पनि भाव चढाऔं”

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz