बनेपा– १०, जनगालमा अवस्थित संकल्प कलेजले कक्षा १२ को परीक्षा दिएका काभ्रेको सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क रुपमा CMAT कक्षा संचालन गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संकल्प कलेजले सेमेष्टर प्रणालीका ब्यवस्थापन संकाय अन्तर्गत विएचएम BHM र विआइएम BIM कार्यक्रमहरु संचालन गर्दे आएको छ ।

उक्त कार्यक्रम अध्ययन गर्नको लागि CMAT परीक्षा अनिवार्य रुपमा दिनु पर्ने हुँदा शैक्षिक शत्र २०८२ मा अध्ययन गर्ने विद्यार्थीलाई CMAT प्रवेश परीक्षा सहजीकरणका लागि निशुल्क कक्षा संचालन गरेको कलेज प्रशासन प्रमुख निरोज पाण्डे बताएका छन्।

पहिलो चरणको कक्षा यहि असार १५ गते वाट शुरु भइरहेको छ भने दाश्रो चरणको कक्षा संचालन साउन ४ गते वाट संचालन हुने पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly