बनेपा, नव क्षितिज साप्ताहिकको रजत वर्ष र यसका प्रधान सम्पादक, अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईको जन्म दिन धुलिखेल–१२,मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ५२ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडा र नगद रु २५ हजार हस्तान्तरण गरेर मनाईएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशित नव क्षितिज साप्ताहिक २०८२ बैशाख ८ गतेबाट २५ वर्ष प्रवेश गरेकोमा वर्षभरी रजत वर्ष मनाउने कार्यक्रम तथा नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका नवराज बजगाइको असार १८ गते र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी बुधबार धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घर शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडाहरू र नगद सहयोग गरेका हुन् । उनले गत वर्षका जन्मदिन र अवसरहरूमा पनि यही सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआएका छन् ।
कार्यक्रममा बनेपा नगरपालिकाका उप–प्रमुख बिमला सापकोटा दाहाल, नव क्षितिज साप्ताहिकका नवराज बजगाई, अरबिन्द्र गौतम, दिपक राउतलगायतले धुलिखेल–१२ का पुर्व वडा अध्यक्ष एवं सेवा घर व्यवस्थापन समितिका संयोजक हर्कसिं तामाङलाई रु पच्चिस हजारको चेक हस्तान्तरण गरेका थिए । साथै सेवा घरका अभियान्ता सुरेश र जीवनराजालाई खाद्यान्न र फलफुल तथा सरसफाईका सामग्री हस्तान्तरण गरिएको थियो । खाद्यान्न नुन, जिरा मसला, चिउरा, मस्यौरा, साबुन, डेटोल, फिनेल, सरफ, फलफूल, र लत्ता कपडा हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै पत्रकार बजगाईले सेवा घर शूरु भएदेखि नै यहि आएर सक्दो सहयोग गर्ने गरेको बताए । देखाउन भन्दापनि समाजलाई सु–संस्कृत सिकाउन यसो गरेको भन्दै आँफुले शुरु गरेपछि देखेर, सुनेर र सिकेर धेरैले जन्मदिन सेवा घरमा वा अरु कुनै सामाजिक काम गरेर मनाउन थालेको भन्दै खुशी व्यक्त गरे ।
धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको अध्यक्षता र मानव कल्याण समाजकी अध्यक्ष सुमी मानवको सञ्चालनमा भएको कार्यक्रममा धुलिखेल–१० का वडा अध्यक्ष गोबिन्द भण्डारी, बनेपा–५, का वडा अध्यक्ष बलराम अधिकारी, बनेपा–१०, का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, बनेपा–११, का वडा अध्यक्ष शिव थापा, एमाले धुलिखेल अध्यक्ष दयाराम महत, युवा समाजसेवीहरु बोदनाथ बजगाई, दामोदर बजगाई, सञ्चारकर्मीहरु अरबिन्द्र गौतम, दिपक राउत, राज तिमल्सिना सामाजिक अभियान्ताहरु राजन अधिकारी, रुपेश काफ्ले, सुर्य श्रेष्ठ, रमा सुबेदी, सुर्य थापा, सुवास बजगाई, राज तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई सुमी मानवले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको जानकारी गराईन । उनका अनुसार धुुलिखेलमा ५२ जनासहित बिभिन्न ६ शाखामा गरी अहिले ४ सय भन्दाबढी आश्रित रहेका छन । मानव कल्याण समाजको उदेश्य नै खाना, नाना र छाना बिहिन हरुको उद्धार गर्नु रहेकोले मानविय कार्यमा जोडिन सबैमा आग्रह गरिन । मानविय सेवाको लागि ८ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो ।
नव क्षितिज साप्ताहिकको रजत वर्ष २०८२ बैशाख ८ गतेबाट शुरु भएको थियो । २५औं वर्षमा प्रवेश गरेको अवसरमा धुलिखेलको फूलबारी स्थित दुसित थानी रिसोर्टमा रजत वर्ष शुभारम्भको भव्य समारोह आयोजना गरिएको थियो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले डिजिटल ब्यानरको रिमोटद्धारा उद्घाटन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । पत्रिका सञ्चालक संस्था काभ्रे नव क्षितिज प्रकाशन प्रालिका अध्यक्ष नवराज बजगाईंको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रममा पूर्व माननीय एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, प्रदेशसभा सदस्यहरू रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रेस सम्वद्ध संघ, संगठनका प्रतिनिधि, जिल्लाका सञ्चारकर्मीलगायत राजनीतिक दलका नेतागण, समाजका विभिन्न क्षेत्रमा सक्रिय विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
सो अवसरमा नव क्षितिज साप्ताहिकको रजत लोगोको कोट पिन सार्वजनिक गरिनुका साथै रजत स्मारिका विमोचन र रजत गीतको भिडियो सार्वजनिक समेत गरिएको थियो । कार्यक्रममा पत्रिकाका स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दिपा गुरुङ ‘समभाव’ को कथा संग्रह ‘कथा काठमाडौँको समेत विमोचन गरिएको थियो ।