काभ्रे – लेखक शिवम् अधिकारी सम्मानित हुनु भएको छ । चलचित्र लेखक तथा निर्देशक अधिकारीलाई राजधानीमा आयोजित एक विशेष कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रमाणपत्र, दोसल्ला र खादाले सम्मान गर्नुभएको हो । ‘राष्ट्रलाई पु¥याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान’भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ बाट अधिकारी सम्मानित हुनुभएको हो ।

कार्यक्रममा प्रथम उपाराष्ट्रपतिसहित विशेष अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिईओ तथा निर्देशक शिवम् अधिकारीलाई संयुक्तरूपमा सम्मानित गर्नुभएको हो ।

नेपाली चलचित्र लेखनमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएका अधिकारीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गर्नुभएको छ । अधिकारी सम्मानित भएको उक्त विशेष समारोहमा चलचित्र, संगीत, समाजसेवा, मनोरञ्जन, फेसन डिजाइन, पेजेन्टलगायत क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..