मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता पारिवारिक सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता चिताएको कामले तीव्रता लिनेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता गरेको काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभ समाचार सुन्न पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । तीर्थाटनको योग पनि छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता रमाइलो यात्राको योग रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् नै रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी गर्ने समय आएको छ । कुनै कुराले मन प्रसन्न रहनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । सामान हराउने वा चोरी हुने भय छ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..