बनेपा / बनेपा नगरपालिका वडा नं ७ स्थित बसपार्क नजिकै नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुल सन्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा सिकेको सिप सदुपयोग गर्दै नमोबुद्व नगरपालिकाका नरेश लामाले नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुल सन्चालनमा ल्याएका हुन् ।
नाइन बार क्याफे एण्ड वारिष्टा ट्रेनिङ स्कुलले युवालाई उद्यमशीलतामा जोड्ने, युवालाई स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने सन्चालक नरेश लामाले बताए ।

सन्चालक लामाका अनुसार क्याफे एण्ड ट्रेनिङ स्कुलले स्वच्छ ,सफा, गुणस्तरीय र रमणीय वातावरण सहित सेवा दिनुका साथै ईच्छुक ब्यक्तिहरुलाई सीप मुलक वारिष्टा ट्रेनिङ समेत दिइने जानकारी दिए । विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर भएको र नेपालमा पनि राम्रा होटल, रेष्टुँरा, क्याफेहरु सन्चालनको क्रम बढ्दै गर्दा हस्पिटालिटी क्षेत्रमा माग बढी भएकोले बरिस्टा ट्रेनिङ समेत सन्चालनमा ल्याएको सन्चालक लामाले बताए ।

१ पटकमा २० जनाको क्षेमता रहेको क्याफेमा कफी, बेकरी लगायतका खान पाईनुका साथै रमणीय दृश्यको अबलोकन समेत गर्न पाईनेछ । क्याफेमा ५ जनाले रोजगार पाएका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly