प्रकाश सुवेदीको चुनौती : ‘ओली, प्रचण्ड र देउवाको निर्वाचन क्षेत्रमा बालेन, कुलमान र रवि चुनाव लड्नुपर्छ’

 

काठमाडौं । वरिष्ठ चलचित्र पत्रकार समीक्षक तथा सामाजिक विश्लेषकका रूपमा परिचित प्रकाश सुवेदी उर्फ ‘रजतपट अंकल’ले वर्तमान राजनीतिक नेतृत्व र उदाउँदा लोकप्रिय पात्रहरूबीचको तुलना गर्दै कडा टिप्पणी गर्नुभएको छ।

बिज्ञापन

सुवेदीले आफ्नो कार्यक्रम मार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, “यदि आफ्नो लोकप्रियतामा त्यतिनै घमण्ड छ भने केपी शर्मा ओली जहाँबाट चुनाव उठ्छन् त्यहाँबाट बालेन शाह, प्रचण्ड जहाँबाट उठ्छन् त्यहाँबाट कुलमान घिसिङ र शेरबहादुर देउवा जहाँबाट उठ्छन् त्यहाँबाट रवि लामिछाने चुनाव लड्नुपर्छ। त्यसपछि मात्रै साँच्चिकै थाहा हुन्छ—को बाघ हो र को बिरालो।”

उनको भनाइले हाल चर्चामा रहेका वैकल्पिक र स्थापित राजनीतिक शक्तिबीचको वास्तविक जनमत परीक्षण चुनावमार्फत हुनुपर्ने संकेत गरेको छ। सुवेदीको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रिया उत्पन्न गरिरहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो टिप्पणीले लोकप्रियताको मापन सामाजिक सञ्जाल वा भाषणबाट होइन, प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने बहसलाई पुनः सतहमा ल्याएको छ।