काभ्रेपलान्चोक – सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. कुमारी सेवाकेन्द्रको आयोजना र लोकप्रिय स्वास्थ्य समाजको प्राबिधिक सहयोगमा महिला सदस्यहरुको निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण तथा उपचार सिबिर सेवा केन्द्रको कार्यालयमा सम्पन्न भएको छ ।
कुमारी सेवाकेन्द्र ब्यवस्थापन उप समिति संयोजक रामशरण राउतको सभापतित्व र संस्थाका अध्यक्ष मुकुन्द शर्माले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लोकप्रिय सेवा समाजका अध्यक्ष तुल्सी देवी मानन्धर, कुमारी सेवाकेन्द्र र यूवाज्योती सेवाकेन्द्रका कर्मचारी तथा लोकप्रिय स्वास्थ्य समाजका ३ जनाको प्राविधिक टिम र स्थानीय सदस्य सहित ६८ जनाको सहभागीता रहेको उक्त कार्यक्रममा ५३ जना महिला सदस्यहरुले स्वस्थ्य परिक्षणको सेवा लिनुभएको थियो।