काठमाडौं – अभिनय कलामा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ । कलाकारिता क्षेत्रमा छिरिङको उपनामले चिनिने तामाङले धेरै जसो तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाएको भएता पनि तामाङ जातीको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको भनाई छिरिङको छ ।

उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत चालेका छन् । उनले अभिनय गरेको नयाँ सेलो गीत ठेकिको मोही मिठो तामाङहरुको पर्व सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर सार्वजनिक भएको छ । भिडियोमा उनको जोडीको रुपमा सरिता राना मगरले साथ दिएकी छिन् भने करन तामाङ र डीबी दोङको समेत अभिनय समेटिएको छ ।

छिरिङ दोर्जे लामाको शब्दमा साम्तेन मोक्तानको संगीत रहेको गीतमा साम्तेन र जीतु लोप्चनको स्वर रहेको छ । त्यसै गरी चाँद सिंहले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा राजिव आचार्यको कोरियोग्राफी, बिजय लामाको छायाँकन, राजेश कुमारको सम्पादन तथा धनबहादुर तामाङ (सागर गोले)को निर्देशन रहेको छ ।

भिडियो हेर्न लिंग्कमा क्लिक गर्नुहोस् :

https://youtu.be/gkDvXpW0nSQ

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly