फ्रन्ट डेक्सका कर्मचारीहरुको उत्प्रेरणा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

 

धुलिखेल । डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको आयोजनामा फ्रन्ट डेक्सका कर्मचारीहरुको उत्प्रेरणा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्रोपाइटर तथा जिल्ला सहकारी संघ काभ्रेको निवर्तमान अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा धुलिखेलको होटल सारथीमा सम्पन्न भएको हो ।

तालिम कार्यक्रमको बारेमा बोल्दै अध्यक्ष शर्माले यस तालिम फ्रन्ट डेस्कमा रहेका कर्मचारी, दैनिक संकलनका लागि सदस्य संग आफ्नो धारणा कस्तो बनाउने र सदस्य संग सम्बध स्थापना गर्न मद्दत मिल्ने बिचार राख्नु भएको छ।

एक दिन चल्ने कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न र अभियानलाई सुशाशन, पार्दर्शी अनि जावाफदेही बनाउन यस सेन्टरले अन्य कार्यक्रम पनि गर्दै जाने र हरेक क्षेत्रमा सहयोग गर्दै अगाडि बढ्ने बारेमा जानकारी दिनु भएको थियो ।

सहकारी संस्थामा समस्या परेका बेला जुन सुकै काम पनि गर्न अब अन्य स्थानमा जानू पर्दैन । आउनुहोस हामी हेरेक समस्या समाधान गर्छौ भन्दै सबैलाई सहभागिताका लागि प्रोपाइटर शर्माले आभार तथा धन्यवाद ब्यक्त गर्नु भयो ।

आफ्ना अनुभबहरु आदान प्रदान गर्ने संस्थाको रुपमा जिल्लामा डाईनामिक रिसर्च एन्ड डिभलपमेन्ट सेन्टर आइ सकेको र यो संस्थाले विभिन्न खालका काम गर्ने गरि कार्य गरिरहेको छ । सहकारिका नीति, कार्यविधि लगायत स्थानिय तहहरुमा समेत प्राबिधिक विषयहरुमा सहयोग तथा परामर्श गर्ने सस्थाको लक्ष्य बताइएको छ ।

कार्यक्रम एक दिन रहेको र चन्द्रा गिरि साकोसको प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठको सहजीकरणमा भएको हो भने उद्घाटन सत्रको संचालन श्याम हरि सापकोटाले गरेका थिए भने तालिम जिल्ला भित्रका ३५ वटा सस्थाका ४० जना सहभागी रहेका थिए ।