नाइटिङ्गेल एकेडेमीमा ५१औँ जुनियर डिभिजन एनसीसी तालिम अवलोकन सम्पन्न

 

बनेपा — नाइटिङ्गेल एकेडेमी बनेपामा राष्ट्रिय सेवा दल, नेपालद्वारा सञ्चालित ५१ औँ जुनियर डिभिजन एनसीसी (NCC) तालिम अवलोकन भ्रमण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय, महोत्तरी–बर्दिबासका तालिम अधिकृत सेनानी सुरेश के.सी.सहित अन्य अधिकृतहरूको विशेष उपस्थिति रहेको थियो ।

बिज्ञापन

कार्यक्रमको सभापतित्व रत्नकुश रंजितकारले गर्नुभयो भने स्वागत मन्तव्य विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले प्रस्तुत गर्नुभयो । बस्नेतले एनसीसी तालिम विद्यार्थीको अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उनका अनुसार यस किसिमको तालिमले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वबोध र राष्ट्रिय भावना अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।

कार्यक्रममा तालिमप्राप्त विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका थिए । उपस्थित पाहुनाले विद्यार्थीको अनुशासन, स्फूर्ति र प्रस्तुतिले प्रभावित भएको बताएका थिए ।