काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् ।

मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ ।
ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्चिमको लयलाई संयोजन गरेर संगीत भरेका छन् । गीतलाई सुदीप सागरले एरेन्ज गरेका छन् ।

विवाह समारोहका बेला युवायुवतीको रमाइलो छेडखानी प्रस्तुत गरिएको गीतको भिडियोलाई मोहनकुमार मगर स्वयंले निर्देशन गरेका छन् । भिडियोमा आशा तामाङ, गौरव मगर, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरले अभिनय गरेका छन् ।

मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । भिडियोमा केशवराज भट्टको कोरियोग्राफी र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो संस्करणमा प्रतिस्पर्धा गरेका गायक टीका मगरले त्यसपछि आफ्नो पहिलो आधिकारिक गीतको रुपमा ‘बज्यैको बुलाकी’ ल्याएका हुन् । विशेषगरी सुगम संगीतमा रुचि राख्ने टीकाले यसअघि एक दर्जनजति गीत सार्वजनिक गरिसकेका छन् जसलाई दर्शकले धेरै मन पराइसकेका छन ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..