दिनेश भण्डारी/काठमाडौं- रोयल मुभिज प्रा.लि. र राष्ट्रिय सङ्गीतकर्मी संघ युएईको आयोजनामा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा सांस्कृतिक साँझ २०८१ आयोजना हुने भएको छ ।

अवार्ड समारोह तथा सांस्कृतिक साँझ आगामी डिसेम्बर १ मा युएईको बरदुबईको अस्टोरिया होटलमा  हुने बताइएको छ ।

आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट दुईदर्जन कलाकारको टिम जानेछन् । साथै दुबईमै रहेका केही कलाकारहरूको प्रस्तुति पनि रहने बताइएको छ ।

अवार्डको उत्कृष्ट पाँच मनोनयन एकसाता अघि सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly