धुलिखेल, काभ्रेपलाञ्चोक ।
धुलिखेल नगरपालिकाको १७ औँ नगर सभा अधिवेशनले गरिबीको रेखामुनि रहेका र सिमान्तकृत समुदायका सबै छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ।

सभामा नगर प्रमुख अशोक कुमार ब्यान्जुले प्रस्तुत गरेको प्रस्तावमा शिक्षा सबल बनाउँदै सामाजिक न्याय सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।

नगर प्रमुखले भने, “शिक्षा हरेक बालबालिकाको अधिकार हो। अब गरिबीका कारण कोही पनि शिक्षा बाट बञ्चित हुने छैन।”

यो निर्णयले धुलिखेलका शिक्षा क्षेत्रमा समान पहुँच विस्तार गर्दै सामाजिक समावेशीताको सन्देश दिने अपेक्षा गरिएको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly