सामाजिक न्याय र लैङ्गिक समानता
छोरी पनि सन्तान, बाबा आमा बुँझ न ।
मार्नु हुन्न गर्भमा, दिनु पर्छ जन्मन ।
छोरी जन्मे घरमा, रमाइलो हुन्छ है ।
भेदभाव गरेमा, हाम्रो मन रुन्छ है ।।
गर्नु पर्छ शिक्षामा, बराबरी सबैले ।
अघिपछि छोरी नै, दुःख पर्छ जहिले ।
तिमी हामी नारीले, अधिकार पाएर ।
नाम दाम कमाउँ, सव्य भव्य भएर।।
आमा पनि नारी हो, छोरी सासु बुहारी ।
मिली अघि बढौन, खेल्न हुन्न जुहारी ।
खुट्टा तान्ने गरेमा, हुन्छ हानी आफैंमा ।
बढ्छ अघि राष्ट्र यो, हातेमालो गरेमा ।।
एक पाटो नारी हो, अर्को पाटो पुरुष ।
दुःख गरे देसमै, हाँस्छ माटो जरुर ।
फूल ,टोपी शीरमा, सजाउनु पर्छ है।
हुन्न झार्न भुँइमा, लजाउनु पर्छ है।।
कति बस्छौ गुनासो, पीर व्यथा बोकेर ।
बढौ अघि अदम्य, आँट बल बोकेर ।
सोच सहि भएमा, हुन्छ हाम्रो उन्नति ।
दाजुभाइ साथमा, लिए हुन्छ प्रगति ।।