क्रान्तिकारी कम्युनिष्ट पाटीले काठमाडौंको मुटुमा गर्यो विरोध तथा भण्डाफोर सभा

राजन थापा

आम श्रमजीवी शोषित उत्पीडित जनताको अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले महँगी, बेथिति, विसंगती, भ्रष्टाचार, दुराचारको विरुद्ध काठमाडौंको मुटु मानिने असन नजिक जनबहाल डबलीमा विरोध तथा भण्डाफोर सभा सम्पन्न गरेको छ ।

बिज्ञापन

रत्नपार्क शान्तिवाटिकाबाट शुरु भएको जुलुस भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड, विशालबजार हुदै असनको जनवहाल डवलीमा सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले बढ्दो महँगी नियन्त्रण गर, भष्टाचारीलाई कारवाही गर, सहकारी पिडितलाई न्याय दे, सहकारी ठगलाई तुरुन्त कारवाही गर, एसीसी सम्झौता खारेज गर, महिला हिंसा बन्द गर जस्ता नारा लगाएका थिए ।

उक्त विरोध तथा भण्डाफोर सभाको अध्यक्षता ३ नं. प्रदेशका संयोजक चन्द्रहरी सुवेद (अटल) ले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पार्टीका सहसंयोजक तथा कार्यालय सदस्य सन्त बहादुर नेपाली, विशिष्ठ अतिथि पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ रहेका थिए । कार्यक्रममा कार्यालय सदस्यहरु सीताराम तामाङ्ग, चीन्तामणी पौडेलको समेत सहभागिता रहेको थियो ।

भण्डाफोर सभामा पार्टीका प्रवक्ताले सम्वोधन गरेका थिए । उनले भने “वंगलादेशको जस्तो आगोको भूस यहाँ पनि सल्केको छ । वर्तमान सरकार तस्कर, दलाल, माफियाहरुको संरक्षकत्वमा बनेको हो । यसले भ्रष्टाचार, बेथिति, विसंगती, दुराचार रोक्न सकदैन । यीनीहरुले ‘दुई पार्टी प्रणाली’ लागू गर्न खोज्दैछन् । समानुपातिक र समावेशी हटाउने प्रपञ्च उनीहरुले रच्न थालेका छन् ।” यी सवै हर्कतहरुमा आफ्नो पार्टीले शसक्त विरोध गर्ने उनले बताए ।

नेपालमा शासकहरुले नीति नै परिवर्तन गरे ‘नीतिगत भ्रष्टाचार’ गर्ने गरेका छन् । यो ज्यादै खतरनाक छ । नेपालमा दलाल पुँजीवाद दावी छ, राष्ट्रिय उद्योग तथा राष्ट्रिय पुँजीपती कमजोर हुदैछन् उनले बताए ।
कार्यक्रममा अखिल क्रान्तिकारी युवा संगठनका महेश श्रेष्ठले समेत आफ्नो विचार राखेका थिए । रोजगारको लागि युवा पलायन डरलाग्दो रुपमा अघि बढेको छ । हाम्रा विश्वविद्यालय युद्ध मैदान बनेका छन् । विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बनेको छ उनले बताए । कार्यक्रममा अखिल क्रान्तिकारी महिला संगठनकी सह संयोजक शारदा महतले समेत आफ्नो विचार राखेकी थिइन । उनले भनिन् ‘सरकार दलाल माफिया र ठगहरुको पक्षमा छ । महिलाहरु दिनदिनै असुरक्षित हुँदै गएका छन् ।’ कार्यक्रम संचालक भने पवनमान श्रेष्ठले गरेका थिए । देशका विभिन्न भागमा विश्वविद्यालय समेत विरोध तथा भण्डाफोर सभा भएको सम्बन्धित निकायले जनाएको छ ।