काभ्रे , नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको नयाँ नेतृत्व चयन भएको छ ।

तेस्रो जिल्ला सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन काभ्रेको अध्यक्षमा अधिवक्ता प्रदिप सापकोटा चयन भएका छन् ।

 

यस्तै उपाध्यक्षमा लालतारा अधिकारी, सचिवमा रामकृष्ण बञ्जारा र विमला सापकोटा, कोषाध्यक्षमा राजेन्द्र पण्डित तथा सदस्यमा सुरेश ताम्राकार, सुरेन्द्र आचार्य, सुविस्था जोशि सर्वसम्मत चयन भएका छन् । जिल्ला सम्मेलनमा संगठनका केन्द्रिय सदस्य अधिवक्ता हरिशरण दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला अध्यक्ष अधिवक्ता कृष्णप्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले संगठनलाई चुस्त, दुरुस्त बनाउँदै मानव अधिकारको रक्षा र संवर्दनमा लागि पर्ने प्रतिवद्धता जनाएका छन् । पेशागत हक हितका लागि अझै क्रियाशिल भएर लाग्ने उनको भनाई छ । अध्यक्ष सापकोटाले निकट भविष्यमा हुन गइरहेको जिल्ला बारको निर्वाचनमा केन्द्रित भएर लाग्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..